प्रदेश १ को विकासमा क्षेत्रगत भेदभाव गरेको छैन : आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की

रेडियो कान्तिपुर संवाददाता

असार ४, २०७६ | काठमाडौं

The Headliners | Journalist Prakash | 19 June 2019

प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रदेश सरकारले प्रदेशका सबै जिल्लामा सन्तुलित विकासका योजना अघि सारेको बताउनुभएको छ । रेडियो कान्तिपुरसंग आज बिहान कुराकानी गर्दै मन्त्री कार्कीले राजनीतिक पहुँचका आधारमा कुनै भेदभाव नगरेको बताउनुभयो । प्रदेशको सन्तुलित विकासका लागि सरकार प्रतिबद्ध रहेको भन्दै उहाँले प्राथमिकताका आधारमा विकास बजेटलाई परिचालन गरेको उल्लेख गर्नुभयो । 

प्राविधिक र कर्मचारी अभावका कारण यो वर्ष लक्ष्यमा पुग्न नसकेको उल्लेख गर्दै उहाँले आगामी आर्थिक वर्षको ८ महिनामा शत प्रतिशत विकास बजेट खर्च गर्ने गरी काम गर्ने दाबी गर्नुभयो ।

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 


प्रतिक्रिया