चारजना राजदुतविरुद्ध उजुरी आव्हान गर्ने समितिको निर्णय

रेडियो कान्तिपुर संवाददाता

असार ४, २०७६ | काठमाडौं

– संसदीय सुनुवाई समितिले पछिल्लो समय सिफारिसमा परेका चारजना राजदुतविरुद्ध  उजुरी आव्हान गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बिहान बसेको समितिको बैठकले सरकारले सिफारिस गरेका अष्ट्रेलिया, स्पेन, बंगलादेश र कतारसहित चारैजना राजदुतमाथिको सुनुवाई थाल्दै उजुरी दिन १० दिनको समयसीमा तोकेर सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको छ । सरकारी सञ्चार माध्यमबाट चारैजना राजदुतमाथि उजुरीका लागि आह्वान गर्ने निर्णय भएको संघीय संसदका महासचिव तथा समिति सचिव मनोहर प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

सुनुवाईमा प्रस्तावित राजदुतका व्यक्तिगत विवरण लगायतका विषयमा छलफल समेत भएको उहा“ले बताउनुभयो । गत जेठ २४ गते बसेको मन्त्रीपरिषदको बैठकले अष्ट्रेलियाका लागि महेश दाहाल, कतारका लागि नारद भारद्वाज, स्पेनमा दावाफुटी शेर्पा र बंगलादेशका लागि डा. वंशिधर मिश्रलाई राजदूतमा सिफारिस गरेको थियो । सिफारिस गरिएका राजदुतको संवैधानिक सुनुवाईपछि राष्ट्रपतिले नियुक्त गर्नुहुनेछ । 

 


प्रतिक्रिया