६ करोड रुपैयाँ ठगी गरेको अभियोगमा एक पक्राउ

रेडियो कान्तिपुर संवाददाता

असार ४, २०७६ | काठमाडौं

सिंगापुरको क्रुजमा काम लागाई दिने भन्दै ६ करोड रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई मकवानपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटका ३४ वर्षीय प्रविन पौड्ले छन् ।

काठमाडौंको विशालनगरमा एक ट्रेनिङ सेन्टर खोली सिंगापुर पठाईदिने भन्दै ३ सय जनाबाट ५ लाख रुपैयाँका दरले पैसा लिई ठगी गरेको उजुरीका आधारमा पौडेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  

 


प्रतिक्रिया