गत वर्ष ७ करोड ८० लाख मानिस विस्थापित : राष्ट्रसंघ

रेडियो कान्तिपुर संवाददाता

असार ४, २०७६ | बीबीसी

युद्ध, उत्पीडन र हिंसाका कारण विश्वभर गत वर्ष ७ करोड ८० लाख मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । यो संख्या ७० वर्षको इतिहासमा सर्वाधिक हो । सन् २०१७ भन्दा २०१८ मा २३ लाख बढी मानिस विस्थापित भएका हुन् ।

२० वर्षको अवधिमा विस्थापित हुनेको संख्या दोब्बर भएको छ । दैनिक ३७ हजार विस्थापित हुने गरेको राष्ट्रसंघीय प्रतिवेदनमा उल्लेख छ । भेनेजुएलाको विस्थापितको तथ्यांक अझै यकिन नभएकाले पनि यो संख्या थप हुने प्रतिवेदनमा उल्लेख छ ।

भेनेजुएलाबाट मात्रै गत वर्ष ४० लाख विस्थापित भएका थिए । सिरिया, अफगानिस्तान, दक्षिण सुडान, म्यानमार, सोमालियाबाट विस्थापित हुने संख्या अत्याधिक छ । पछिल्लो समय बढ्दो द्वन्द्व, विद्रोही समूहको पकड, खाद्यान्नको अभावलाई राष्ट्रसंघले विस्थापनको मुख्य कारण मानेको छ ।   


प्रतिक्रिया