मुगुका १० वटा बस्ती मलेरियाको उच्च जोखिममा

असार ७, २०७६ | मुगु

मुगुको १० वटा दुर्गम बस्ती मलेरियाको उच्च जोखिममा परेका छन् । खत्याड गाउँपालिकाको रिघा, हयाङलु, ढुमाना, आम, डामलेक, सुकाढिक, रातापानी तथा सोरु गाउँपालिकाको भीई र धैनकोटका बस्तीहरु मलेरियाको उच्च जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लाको बेसी क्षेत्र तथा कर्णाली नदीको किनारामा रहेका १० वटा बस्तीहरु मलेरियाको उच्च जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालयका मलेरिया फोकल पर्सन बलीबहादुर बुढाले बताउनुभयो ।

गत आर्थिक वर्ष पनि खत्याड गाउँपालिकाको रिघा लगायत बस्तीमा १ सय ७३ जना तथा सोरु गाउँपालिकाको भीई र धैनकोटमा २ जना मलेरियाका बिरामी देखा परेको बुढाको भनाई छ । जिल्लामा मलेरिया रोग नियन्त्रणको लागि प्रर्याप्त औषधिको ब्यवस्था, स्वास्थ्यकर्मी र स्वयंसेविकालाई यस सम्बन्धी तालिम प्रदान गरिएको छ । 


प्रतिक्रिया