चन्द समूहका लमजुङ जिल्ला सचिव पक्राउ 

रेडियो कान्तिपुर संवाददाता

असार १०, २०७६ | पोखरा

नेत्र विक्रम चन्द समूहका लमजुङ जिल्ला सचिवलाई प्रहरीले पक्राउ गरेको छ । सरकारद्वारा प्रतिबन्धित चन्द समूहका लमजुङ जिल्ला सेक्रेटरी बिनोद सोनाम पोखरामा पक्राउ परेका छन । सोनामलाई सोमबार राति पोखरा–४ सिद्धार्थचोकबाट पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताउनुभयो ।

यसैबीच, पोखराका ४ स्थानमा राखिएको विस्फोटक पदार्थ नेपाली सेनाले निष्क्रिय पारेको छ । बिरौटा, चाउथे, र तालचोकका दुई स्थानमा राखिएको विस्फोटक पदार्थलाई निष्क्रिय पारिएको कास्की प्रहरीका प्रवक्त डीएसपी राजकुमार केसीले बताउनुभयो । 


प्रतिक्रिया