भरतपुरको बजेट तीन अर्ब ३७ करोड

रेडियो कान्तिपुर संवाददाता

असार १०, २०७६ | चितवन

– भरतपुर महानगरपालिकाले तीन अर्ब ३७ करोड ३१ लाख १७ हजार रुपैया“को बजेट ल्याएको छ । उपमेयर पार्वती शाह ठकुरीले नगरसभा बैठकमा आगामी आर्थिक वर्षका लागि सो रकम बराबरकोे बजेट पेश गर्नु भएको हो । महानगरपालिकाका मेयर रेनु दाहालले पेश गर्नु भएको नीति तथा कार्यक्रममा गुणस्तरीय शिक्षाका लागि महानगरको व्यवस्थापनमा सञ्चालन हुने मेगा विद्यालयको योजना अगाडि सारिएको छ ।

न्युनतम १० हजार विद्यार्थी क्षमताको विशिष्टीकृत मेगा विद्यालयको लागि सम्भाव्यता अध्ययन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । प्रस्तुत नीति तथा कार्यक्रमहरुमा पुर्वाधारका क्षेत्रमा नयाँ योजनाहरु खासै समावेश छैनन् । अन्तराष्ट्रिय क्रिकेट रंगशाला, अत्याधुनिक सिटी हल, रिंग रोड, लिंग रोड, नारायणी नदीलाई सामुन्द्रिक तटका रुपमा विकास गर्ने, अटो ल्याण्ड निर्माण जस्ता योजना नगरसभामा पेश भएका छन् । 


प्रतिक्रिया