गायक कुमार पुनको 'सालै जो' गीत सार्वजनिक 

रेडियो कान्तिपुर संवाददाता

असार १८, २०७६

- गायक कुमार पुन सालै जो गीत लिएर दर्शक–स्रोता माझ आएका छन् । गीतमा कुमार पुन, जमुना राना र कुमारी चेपाङको स्वर रहेको छ । गीतको लय तथा  शब्द कुमार पुनले आफैँले तयार पारेका हुन् । नेपाली लोक दोहोरी गायनको क्षेत्रमा बेग्लै पहिचान बोकेका पुनको यसअघि पुनको ‘बामरी बामरी म भोलि गइहाल्छु बसे है रामरी’ बोलको गीतले चर्चा बटुलेको थियो ।

 गीतको एरेन्ज सागर बिरहीले गरेका छन् । गीतको भिडियोमा बद्री केसी, दिपक मैथाने मगर, सोफिया बुढा, एन्जी रोका लगायत फिचर्ड छन् ।  गीतको भिडियोको  निर्देशन, छायांकन तथा सम्पादन मनोज गुरुङले गरेका छन् । बेलायतस्थित फ्रिमली ग्रीनमा सुटिङ गरिएको सालैजोमा म्याग्दी जिल्लाको भाषा र संस्कृति समेटिएको छ । 


प्रतिक्रिया