आइफा अवार्ड नेपालमा हुँदैन : सीईओ जोशी 

रेडियो कान्तिपुर संवाददाता

असार १८, २०७६ | काठमाडौं

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले भारतको प्रतिष्ठित आईफा अवार्ड समारोह नेपालमा नहुने बताउनुभएको छ । रेडियो कान्तिपुरसँग कुरा गर्दै प्रमुख कार्यकारी अधिकृत जोशीले संसदीय समितिले नै आईफा अवार्ड नेपालमा नगर्न निर्देशन दिईसकेकाले समारोह नेपालमा नहुने स्पष्ट पार्नुभएको हो ।

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्वन्ध समितिले हिजो आइफा अवार्ड नेपालमा आयोजना गर्ने प्रक्रिया अघि नबढाउन सरकारलाई निर्देशन दिएको थियो । अवार्ड नेपालमा गर्ने विषयमा प्रस्ताव आएपनि परामर्शको क्रममा रहेको उल्लेख गर्दै जोशीले यस विषयमा अन्तिम निर्णय भने भइनसकेको उल्लेख गर्नुभयो ।

यद्यपी आइफा अवार्ड जस्ता ठुला समारोह नेपालमा गर्दा पर्यटन प्रवर्द्धनमा भने सहयोग पुग्ने जोशीको भनाई छ । अवार्ड गर्नका लागि काठमाडौं महानगरपालिकाले ४४ करोड रुपैयाँ दिन लागेको सार्वजनिक भएसँगै यसको चौतर्फी विरोध सुरु भएको थियो ।  


प्रतिक्रिया