विकास र समृद्धिका लागि योगदान आवश्यकः मुख्यमन्त्री राई 

असार २१, २०७६ | सुनसरी

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मातृभूमिको विकास र समृद्धिका लागि योगदान आवश्यक रहेको बताउनु भएको छ । मुख्यमन्त्री राईले मातृभूमिको विकास र नेपाली जनताको समृद्धिका लागि संसारभर छरिएर रहेका नेपालीहरुलाई एकजुट हुन आहृवान गर्नुभयो ।

अमेरिकाको बाल्टिमोरमा जारी नेपाली राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले नेपालको तीब्र विकासका लागि संसारभर रहेका नेपालीहरु एक भएर अगाडि बढ्न आहृवान गर्नुभयो ।

एसोशिएसन अफ नेप्लिज इन दी अमेरिका, एसोशिएसन अफ नेप्लिज इन मिड वेस्ट अमेरिका, अन्तर्राष्ट्रिय साहित्य समाज र बाल्टिमोर एशोशिएसन अफ नेप्लिज इन अमेरिकाद्धारा संयुक्त रुपमा आयोजित सम्मेलनमा उहाँले नेपालमा लगानी गर्ने वातावरण बन्दै गएको नेपाल नेपाल निर्माणको अभियानमा साथ दिन आग्रह गर्नुभयो ।

नेपालमा स्थिर र बलियो सरकार बनेर स्पष्ट गन्तव्य सहित समृद्धिको यात्रामा प्रवेश गरेको भन्दै लगानीको लागि समेत आहृवान गर्नुभयो । 


प्रतिक्रिया