बाढीले दुई बेपत्ता, दुई घाइतेको हेलिकप्टरबाट उद्धार

असार २२, २०७६ | सिन्धुपाल्चोक

- अविरल वर्षाका कारण आएको गएराती आएको बाढीले सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकामा दुई जना इन्जिनियर बेपत्ता भएका छन् । दुई जना घाइतेको हेलिकप्टरबाट उद्धार गरिएको छ । स्थानीय हयाङ्ले खोलामा आएको बाढीले भोटेकोसी गाउँपालिकाको फुल्पिङकट्टीमा निर्माणाधिन शिवश्री जलविद्युतमा कार्यरत सुनसरीका यादवप्रसाद काफ्ले र लाफिङ्ग बुध्द हाइड्रो पावरका कर्मचारी बाराका रामऔतार चौधरीलाई बगाएर वेपत्ता बनाएको हो ।

गंम्भिर अवस्थाका दुई जना घाइतेको हेलिकप्टरबाट  उद्धार गरेर काठमाडौ ल्याइएको छ । हराएकाको खोजी भइरहेको घटनास्थलमा खटिएका इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक यादव थापा क्षेत्रीले जानकारी दिनुभयो ।  यसैबीच हृयाङ्ले खोलाले चाकु भन्ने स्थानमा एउटा पुल र एक घर बगाएको छ । बाढीका कारण तटिय क्षेत्रमा रहेका लिपिङ, तातोपानी, कोदारी, दशकिलो, चाकुदेखि जम्बु, बाह्रबिसे, खाडीचौरसम्मका स्थानीय त्रसित छन् । तटिय क्षेत्रमा हुनसक्ने क्षतिलाई मध्यनजर गर्दै  स्थानीय प्रशासनले सतर्क रहन सूचना जारी गरेको छ ।  


प्रतिक्रिया