मुगुमा करीब ७५ प्रतिशत रोपाइँ

असार २३, २०७६ | मुगु

मुगुमा यो वर्ष असार तेश्रो साता सम्म करीब ७५ प्रतिशत रोपाइँ भएको छ । गत वर्षको तुलनामा यो वर्ष समयमै वर्षात हुँदा किसानले ७५ प्रतिशत धान रोपाइँ गरेको कृषि शाखा कार्यालय मुगुले जनाएको छ । जिल्लाको खत्याड गाउँपालिकाको गम्था, श्रीकोट, रोल, सेरी, चिमाढुग्री लगायत क्षेत्रमा ७५ प्रतिशत रोपाइँ सकिएको हो ।

छायाँनाथ रारा नगरपालिकाको चैन, कार्कीबाडा, श्रीनगर, रोवा, जिउला, झाकोट, चराप, सालिम लगायतका स्थानमा ६५ प्रतिशत रोपाइँ भएको छ । सोरु गाउँपालिकाको सिप, फोतु लिब्रु, रावलबाडा, भादगाउँ नेर, गिलाहा, धैनकोट लगायत क्षेत्रमा ७० प्रतिशत रोपाइँ भयो ।

मुगुमा यो वर्ष समय अनुकुल वर्षात हुँदा समग्रमा ७५ प्रतिशत रोपाई सकिएको जिल्ला कृषि सर्म्पक केन्द्रका प्रमुख सुकिराम नेपालीले बताउनुभयो । 


प्रतिक्रिया