नेप्से उकालो लाग्यो, कारोबार रकम घट्यो

असार २४, २०७६ | काठमाडौं

धितोपत्र बजारमा आज सामान्य अंकले सुधार देखिएको छ । बजार परिसूचम नेप्से आज २ दशमलव ९२ अंकले बढेर १ हजार २ सय ५० दशमलव २७ अंकमा पुगेको छ । नेप्से उकालो लागेपनि कारोबार रकममा भने हिजोको तुलनामा १३ करोड रुपैयाँले घटेको छ ।

कारोबार भएका मध्ये ४ वटा कम्पनी समूहको उपसूचकमा गिरावट आएको छ । सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी समूहको उपसूचक ३७ दशमलव ५ अंकले घटेको छ ।

नेप्सेमा आज कुल १ सय ६५ कम्पनीका ५ हजार ७ सय ९८ कारोबारबाट १६ लाख ७ हजार ६ सय ८२ कित्ता सेयर किनबेच भए । जसअन्तर्गत, ४६ करोड ८२ लाख ६३ हजार ७ सय ७० रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 


प्रतिक्रिया