मदन पुरस्कारका लागि ७ वटा कृति छानिए

रेडियो कान्तिपुर संवाददाता

असार २५, २०७६ | काठमाडौं

यसवर्षको मदन पुरस्कारका लागि ७ वटा कृतिको मनोनयन सार्वजनिक भएको छ । मदन पुरस्कार गुठीले पुरस्कारका लागि सानु शर्माको एकादेशमा, बिन्दु शर्माको ओक्कल दोक्कल पिपल पात, कुमार नगरकोटीको ज्ञ, छुदेन काविमोको फातसुङ, महेश थापाको मरीचिका, योगश राजको रणहार र ध्रुव सापकोटाको विचारको लाशलाई पुरस्कारका लागि विज्ञ समितिबाट सिफारिस आएको जनाएको छ ।

गुठीलाई प्राप्त भएका २ सय ५७ वटा कृतिहरुबाट ७ को नाम सार्वजनिक गरिएको हो । यी मध्ये एकलाई २०७५ सालको मदन पुरस्कार दिइने गुठीका अध्यक्ष कुन्द दीक्षितले विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ । 


प्रतिक्रिया