नेप्से घट्यो, कारोबार बढ्यो

असार २५, २०७६ | काठमाडौं

धितोपत्र बजारमा आज झिनो अंकले गिरावट आएको छ । बजार परिसूचक नेप्से १ दशमलव १२ अंकले घटेर १ हजार २ सय ४९ दशमलव १५ अंकमा पुगेको छ । कारोबार भएका अधिकांश कम्पनी समूहको उपसूचकमा गिरावट आउँदा समग्र बजार प्रभावित बन्यो ।

नेप्सेमा गिरावट आएपनि कारोबार रकम भने हिजोको भन्दा ११ करोड रुपैयाँले वृद्धि भएको छ । सबैभन्दा बढी उत्पादनमूलक कम्पनी समूहको उपसूचक २७ दशमलव १ र निर्जीवन बीमा कम्पनी समूहको उपसूचक १६ दशमलव ७५ अंकले घटेको छ ।

नेप्सेमा आज ५७ करोड ३४ लाख ४७ हजार ५ सय ९ रुपैयाँ बराबरको कारोबार भयो । कुल १ सय ६८ कम्पनीका ५ हजार २ सय ७२ कारोबारबाट २९ लाख ९८ हजार ९ सय ४७ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 


प्रतिक्रिया