नवलपरासीबाट चन्द समूहका दुई कार्यकर्ता पक्राउ

असार २६, २०७६ | नवलपरासी

पश्चिम नवलपरासीबाट नेत्र विक्रम चन्द समूहका दुई जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । चन्द समूहका विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको जिल्ला इञ्चार्ज शारदा भण्डारी र जिल्ला कमिटी सदस्य कमालुद्धिन अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।

अन्सारीलाई रामग्राम १० र भण्डारीलाई सरावल गाउँपालिका १ बासाबाट नियन्त्रणमा लिएको हो । बुधबार र आज बिहान पक्राउ परेका उनीहरु दुबै जनालाई आगोलागी तथा संगठीत अपराध अन्तर्गत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डीएसपी विरेन्द्र थापाले बताउनुभयो ।

प्रहरीले  चन्द समूहका कार्यकर्तालाई नियन्त्रणमा लिएर धमाधम सवारी साधनमा आगलागी र संगठीत अपराधको अभियोग लगाउने गरेको छ । फरार सूचीमा रहेका चन्द समूहका २२ जना मध्ये  ६ जनालाई नियन्त्रणमा लिएको र १६ जना अझै फरार रहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया