२२० केजी गाँजा सहित एक जना पक्राउ

असार २६, २०७६ | धादिङ

ठूलो परिमाणको लागू औषध गाँजा सहित एक जना पक्राउ परेका छन् । चितवन भण्डारा जाने चेपाङमार्गबाट बिहीबार २ सय २० केजी गाँजा सहित बेनिघाट रोराङ १ खामभन्ज्याङका ४१ वर्षीय डिल बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

गजुरी २ डुङेठाटीमा गाँजा कारोबार हुने गरेको भन्ने सूचनाको आधारमा प्रहरीले सो परिमाणको गाँजा सहित तामाङलाई पक्राउ गरेको हो । ८ वटा बोरामा २५ र २५ केजीका प्लास्टिकमा पोको पारेर राखेको अवस्थामा सो गाँजा बरामद भएको गजुरीका प्रहरी नायव उपरीक्षक खगेन्द्र बहादुर खडकाले बताउनुभयो ।

तामाङ यस अघि पनि लागू पदार्थ ओसारपसार मुद्दामा १ वर्ष जेल बसेर छुटेका थिए । बरामद लागू पदार्थ सहित तामाङलाई थप छानबिनका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको उहाँले बताउनुभयो । 


प्रतिक्रिया