कैलालीको डुबान ग्रस्त क्षेत्रमा उच्च शर्तकता 

असार २६, २०७६ | धनगढी

निरन्तरको वर्षा पछि कर्णाली लगायत अन्य नदीमा जलस्तर बढेको भन्दै उच्च सर्तकता अपनाइएको छ । प्रभावित क्षेत्रलाई उच्च सर्तकता अपनाउन स्थानीय प्रशासनले सूचना जारी गरेको छ । चुरेबाट उत्पन्न भएका मोहना, कान्घ्रा, काडा, खुटिया नदीले वर्षेनी कैलालीको दक्षणी–पूर्वी क्षेत्र डुबानमा पर्ने गरेको छ ।

मोहना नदीको जलस्तर बिहान सम्म १ दशमलव ५ पुगेको छ । तीन दशमलव ५ मा पुगेपछि खतरा बस्ती प्रभावित हुने गरेको छ । त्यस्तै, कान्ध्रा, काडा, खुटिया, गौरीगंगा लगायतका नदीमा पनि जलस्तर बढ्दै गएको छ । खुटियाको २ दशमलव ५ पुगेको छ ।

यो नदीमा पनि ३ दशमलव ५ जलस्तर पुगेपछि खतराको घण्टी बज्ने गरेको छ । कर्णाली नदीमा अहिले ६ दशमलव ७ जलस्तर मापन भएको छ । १० दशमलव ५ पुगेको छ । कर्णालीमा आएको बाढीले जिल्लाको पूर्वी क्षेत्र लम्की देखि टिकापुर नगरपालिका डुबानमा पर्ने डर हुन्छ ।

प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले भारी वर्षाको सम्भावनालाई ध्यानमा राखेर प्रभावित हुन सक्ने क्षेत्रमा उच्च सर्तकता अपनाउन सूचना जारी गरिएको बताउनुभयो । उद्धारका लागि सुरक्षाकर्मीर्लाई तयारी अवस्थामा राखेको छ । पूर्व सूचना प्रणालीमा पनि लागू भएकोले जोखिम हुने गरेको उहाँले बताउनुभयो । 


प्रतिक्रिया