सर्लाही घटनाका मृतक परिवारलाई १० लाख राहत

रेडियो कान्तिपुर संवाददाता

असार २६, २०७६ | काठमाडौं

सर्लाही घटनामा ज्यान गुमाएका सरोजनारायण सिंहको परिवारलाई सरकारले राहत स्वरुप १० लाख रुपैयाँ दिने भएको छ । सरकारको नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्क्री गोकुल बाँस्कोटाले आन्दोलनका त्रममा घाइते भएकाको निशुल्क उपचारको समेत व्यवस्था गरिएको जानकारी दिनुभयो ।

खाल्डोमा डुबेर बालकको मृत्यु भएको विषयलाई सुरु आन्दोलनमा प्रहरीले गोली चलाउँदा सिंहको ज्यान गएको थियो । सिंहको हत्या र नेत्रविक्रम चन्द समूहका सर्लाही इञ्चार्ज कुमार पौडेलको मृत्यु बारे प्रतिपक्षी दलले संसदीय छानबिनको माग गरिरहेका बेला सरकारले सिंहका परिवारलाई राहत रकम दिने निर्णय गरेको हो । 

त्यस्तै, मन्त्रिपरिषदले विश्व बैंकले नेपाललाई ऋण स्वरुप उपलब्ध गराउन लागेको १० करोड अमेरिकी डलर स्वीकार गरेको छ । विभिन्न स्थानीय तहको परियोजनाका लागि सरकारले जग्गा उपलब्ध गराउने निर्णय समेत गरेको प्रवक्ता बाँस्कोटाले जानकारी दिनुभयो ।

नेपाल र चीनबीच हवाई संख्या वृद्धि गर्न आगामी २५ र २६ तारिखमा चीनमा दुबै देशका सरकारी प्रतिनिधिबीच सम्झौता पत्रमा हस्ताक्षर गर्ने निर्णय पनि सरकारले गरेको छ । रसुवास्थित माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनाको प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलोपमेन्ट कम्पनीलाई आयकर छुट दिने निर्णय भएको मन्त्री बाँस्कोटाले बताउनुभयो ।

त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विद्येयक तथा भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विद्येयक संघीय संसदमा पेश गर्न सरकारले स्वीकृति दिएको छ । त्यस्तै सरकारले राष्ट्रिय वातावरण नीति २०७६ स्वीकृत गरेको छ । 


प्रतिक्रिया