खोलामा डुबेर झापामा एक बालकको मृत्यु

असार ३०, २०७६ | बिर्तामोड

खोलामा डुबेर सोमबार बिहान झापाको चारआलीमा एक बालकको मृत्यु भएको छ । मेचीनगर नगरपालिका १३ का गंगाराम प्रसाईंका अढाई वर्षीय छोरा अजितको खोलामा डुबेर मृत्यु भएको हो । 

बालक बिहान ७ बजे स्थानीय फुलबासा खोलामा डुबेका थिए । खेतमा काम गर्न गएका बुबालाई पछ्याउँदै जाने क्रममा बालक खोलामा डुबेको जिल्ला प्रहरी कार्यालयका डीएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । योसंगै झापामा खोलामा डुबेर तथा बाढीमा बगेर तीन जना बालबालिकाको मृत्यु भइसकेको छ ।  


प्रतिक्रिया