वेभमा आधारित ढुवानी प्रणालीलाई लागू गर्न सरकारलाई आग्रह

असार ३०, २०७६ | काठमाडौं

वेभमा आधारित ढुवानी प्रणालीलाई आगामी आर्थिक वर्षमा परीक्षण रुपमा मात्र लागू गर्न  नेपाल चेम्बर अफ कमर्सले सरकारलाई आग्रह गरेको छ । आगामी साउन १ गतेदेखि लागू हुने गरी सरकारले ल्याएको सो व्यवस्थाले व्यवसायीलाई सहजता प्रदान गर्ने भएपनि नगर क्षेत्र भित्रको स्थानीय ढुवानीमा समेत लागू गरिँदा व्यवसायमा थप जटिलता आउन सक्ने भन्दै चेम्बरले यस्तो आग्रह गरेको हो । 

राजश्व अनुसन्धान विभागबाट वेबमा आधारित ढुवानी प्रणाली अन्तर्गत व्यवसायीक प्रयोजनको माल सामान ओसारपसार गर्नु पूर्व सो सम्वन्धी विवरण वेबमा आधारित केन्द्रीय सूचना प्रणालीमा अनिवार्य प्रविष्टि गर्नुपर्ने व्यवस्था सरकारले आगामी साउन १ गतेबाट लागू गर्ने तयारी गरेको छ ।

चेम्बरले आज एक विज्ञप्ति जारी गर्दै यो व्यवस्था लागू गर्ने विषयमा व्यवसायीमा ज्ञानको अभाव, पारंगतता भइनसकेकोले आगामी वर्ष परीक्षणको रुपमा मात्र यो व्यवस्था लागू गर्नुपर्ने सुझाव दिएको हो । 

प्रस्तावित आर्थिक नीतिले स्थायी लेखा नम्वर नभएका कर्मचारी तथा कामदारलाई भुक्तानी गरिएको खर्च आय गणना गर्ने प्रयोजनको लागि खर्च बापत कट्टी गर्न नपाइने भएकाले उद्योग व्यवसायमा प्रत्यक्ष प्रभाव पर्ने समेत विज्ञप्तिमा उल्लेख छ । 


प्रतिक्रिया