८८ वर्षपछि काजकिरिया

असार ३१, २०७६ | काभ्रे

बेपत्ता भएको ८८ वर्षपछि ‘मृत्यु’ भएको मान्दै परिवारका सदस्यले हिन्दू संस्कार अनुसार काजकिरिया गरेका छन् । जन्मले १ सय वर्ष पुगेका काभ्रेको नमोबुद्ध ८ का नन्दीकेशर अधिकारीको हिन्दू संस्कार अनुसार काजकिरिया थालिएको हो । मंगलबार कुशको शव बनाएर उनको अन्तिम संस्कार गरिएको छ । 

उनका नाती कुमार अधिकारी कोरा बारेर १३ दिनकै किरिया बसेका छन् । हिन्दू संस्कारमा ‘नारायणबली’ भनिने यो प्रकृयामा बेपत्ता भएको मानिस सय वर्ष हुँदा सम्म पनि फेला नपरे मृत्यु भएको मानेर अन्तिम संस्कार गर्ने चलन छ ।

‘मान्छे बितेपछि १३ दिनसम्म कोरा बस्ने, अलिनो खाने, शुभ कार्य गर्न नहुने, बन्धु र आफन्तहरुले सिदा ल्याउने, शोक प्रकट गर्ने लगायतको एकै प्रकृया हुने स्थानीय महेश्वर अधिकारीले दिए । महेश्वरका अनुसार, वि.सं १९६५ सालमा जन्मेका नन्दीकेशर १९८८ सालदेखि बेपत्ता थिए । विवाह गरेपछि बेपत्ता उहाँका श्रीमती देवमायाको २०४० सालमा मृत्यु भएको थियो ।

मूलुकी देवानी संहिता, २०७४ को भाग २ व्यक्ति सम्बन्धी कानूनको परिच्छेद–१ को फ्राकृतिक व्यक्ति सम्बन्धी व्यवस्थामा कुनै व्यत्ति बिना सूचना लगातार बाह्र वर्षदेखि बेपत्ता भएमा वा त्यस्तो व्यक्तिको सम्बन्धमा स्वभाविक रूपमा जानकारी पाउने व्यक्तिले बाह्र वर्षदेखि कुनै जानकारी नपाएमा त्यस्तो व्यक्ति जीवित रहेको प्रमाण प्राप्त भएकोमा बाहेक त्यस्तो व्यक्तिको मृत्यु भएको मानिनेछ भन्ने उल्लेख छ । 


प्रतिक्रिया