पीडितको उद्धार र राहतका लागि १५ हजार सैनिक खटिए 

रेडियो कान्तिपुर संवाददाता

असार ३१, २०७६ | काठमाडौं

वर्षापछिको विपद्मा उद्धार र राहतका लागि नेपाली सेनाले १५ हजार सैनिक खटाएको जनाएको छ । बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रमा नेपाली सेनासँग भएका विपद उद्दारका सामग्री सहित १५ हजार जना खटिएका सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्ति मार्फत जनाएको छ ।

सेनाले बाढी, पहिरो र डुवानमा परेकाहरुको खोज, उद्दार र राहतका लागि ७ वटा हेलिकोप्टर तयारी अवस्थामा राखिएको पनि बताएको छ । काठमाडौंमा साना ठूला गरी ५ वटा र इटहरी तथा धनुषामा १/१ वटा हेलिकोप्टर तयारी अवस्थामा रहेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

बाढी पहिरो प्रभावित क्षेत्रमा सरकार र जिल्ला विपद व्यवस्थापन समितिले वितरण गर्न तयार गरेको राहत सामग्री हेलिकोप्टर मार्फत ढुवानी गरिएको नेपाली सेनाले जनाएको छ । यस्तै, अवरुद्व सडक खुलाउन पनि नेपाली सेना सक्रिय छ ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका ३ लिगलिगस्थित सडकमा खसेको पहिरो पन्छाएर यातायात सञ्चालनको व्यवस्था नेपाली सेनाले मिलाएको छ ।


प्रतिक्रिया