ललितपुर महानगरद्वारा ५ अर्ब ३१ करोड ४३ लाख ५७ हजार बजेट पारित

रेडियो कान्तिपुर संवाददाता

श्रावण १, २०७६ | ललितपुर

- ललितपुर महानगरपालिका आर्थिक वर्ष २०७६/७७ का लागि ५ अर्ब ३१ करोड ४३ लाख ५७ हजार बजेट पारित गरेको छ । महानगरको मंगलबार बसेको चौथो नगरसभाले पूर्वाधार, मूर्त तथा अमूर्त सम्पदा संरक्षण, हरियाली संरक्षण लगायतलाई प्राथमिकतामा राखेर सो बापतको बजेट पास गरेको हो । पूर्वाधार निर्माण र हरियाली प्रवर्द्धन प्राथमिकतामा राखिएको महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले बताउनुभयो ।

महानगरका हरेक वडालाई विकास सूचांकंका आधारमा ३ किसिमले वर्गिकरण गरि बजेट छुट्याएको छ । जसमध्ये पहिलो वर्गमा परेका वडा नम्बर १, ६ ७, ८, १०, ११ र १९ मा १ करोड ६५ लाख बजेट विनियोजन गरिएिको छ ।

दोस्रोमा परेका २, ३, ४, ५, ९, १३, १४, १५ र १७ नम्बर वडामा  २ करोड रुपैयाँ र तेस्रो किसिममा परेका वडा नम्बर १२, १६, १८ , २० २१ , २२, २३, २४, २५, २६, २७, २८ र २९ लाई २ करोड ७५ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।  महानगरका सबै वडाको विकास समान गतिमा नभएकाले वर्गिकरण गरी विकास खर्च बजेट छुट्याइएको महानगर प्रमुख महर्जनले बताउनुभयो ।


प्रतिक्रिया