ट्रम्पविरुद्ध खेद प्रस्ताव पारित

रेडियो कान्तिपुर संवाददाता

श्रावण १, २०७६ | काठमाडौं

- चार महिला सांसदमाथि नश्लवादी टिप्पणी गरेको भन्दै  अमेरिकी संसदले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध खेद प्रस्ताव पारित गरेको छ । प्रतिनिधी सभाले राष्ट्रपति ट्रम्पको टिप्पणी नश्लवादी रहेको ठहर गर्दै खेद प्रस्ताव पारित गरेको बीबीसीले उल्लेख गरेको छ । राष्ट्रपति ट्रम्पले फरक जातिय पृष्ठभूमिबाट आएका महिला सांसदहरु एलेक्जान्ड्रिया ओकासियो कोर्टेज, राशिदा तलाइब, आयान्ना प्रेस्ली र इल्हान ओमर लक्षित टिप्पणी गर्नुभएको थियो ।

ट्रम्पले ती महिला सांसदहरु पूर्ण रूपमा असफल राष्ट्रबाट अमेरिका आएको भन्दै उनीहरुलाई  आफ्नै मुलुकमा फर्कन  भनेका थिए यद्यपी उहाँले भने आफूले नश्लिय तथा अपमानजनक टिप्पणी नगरेको दाबी गर्दै आउनुभएको छ ।  प्रतिनिधी सभाका १ सय ८७ डेमोक्राकिट सहित संसदमा उपस्थित केही रिपब्ििलकन सांसदले समेत खेद प्रस्तावमा ऐक्यबद्धता जनाएका छन् । सो प्रस्ताव  प्रतिनिधी सभामा प्रस्ताव २ सय ४० मतले पारित भएको हो ।  

 


प्रतिक्रिया