कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबलको दोस्रो चरणको छनोटको ड्र आज

रेडियो कान्तिपुर संवाददाता

श्रावण १, २०७६ | काठमाडौं

- कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबलको दोस्रो चरणको छनोटको ड्र आज हुँदैछ । मलेसियाको क्वालालाम्पुरमा नेपाली समयानुसार दिउँसो पोनै ३ बजे छनोटको ड्र सुरु हुने एसियाली फुटबल महासंघ एएफसीले जनाएको छ । दोस्रो चरणको छनोटमा नेपालसहित एसियाका ४० टोली सहभागी हुनेछन् । ती टोलीलाई ५ पटमा विभाजन गरिएको छ । ड्रबाट उनीहरुलाई विभिन्न ८ समुहमा विभाजन गरिनेछ ।

फिफाको वरियता अनुसार पटको विभाजन गरिएको हो । ५ पटका एक–एक राष्ट्र गरी ८ वटा समुहको निर्माण हुनेछ । दोस्रो चरणको छनोट खेलहरु सेप्टेम्बर ५ देखि जुन ९ सम्म हुनेछन् । होम एण्ड अवेका आधारमा चल्ने छनोटबाट समुहको शीर्ष स्थानमा रहने ८ र उत्कृष्ट ४ उपविजेता तेस्रो चरणको छनोटमा पुग्नेछन् । यी १२ टोलीले सन् २०२३ मा हुने एसियन कपमा पनि स्थान सुरक्षित गर्नेछन् । 


प्रतिक्रिया