सिरिन्ज आक्रमण त्रास मात्रै : डाक्टर पुन  

रेडियो कान्तिपुर संवाददाता

श्रावण ३, २०७६ | काठमाडौं

- सिरिन्ज आक्रमणको नामले चर्चामा रहेको घटनाले जनमानसमा अनावश्यक त्रास मात्रै फैलाएको स्वास्थ्य विज्ञले बताएका छन् ।  पछिल्लो डेढ महिनायता काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ३० जना महिला आफूलाई धारिलो वस्तुले आक्रमण गरेको भन्दै उपचारका लागि पुगेका छन् ।

 दैनिक औसतमा ३ /४ जनाका दरले उपचारका लागि आउने महिलामाथि गरिएको रक्त परिक्षणबाट हल्ला चलेको जस्तो कुनै खाले संक्रमण नदेखिएको अस्पताल अन्तर्गतको क्लिनिकल रिसर्च युनिटका संयोजक  डाक्टर शेरबहादुर पुनले बताउनुभएको छ ।  उहाँका अनुसार मानसिक रुपमा त्रसित भएर मात्रै उनीहरु अस्पतालसम्म आइपुग्ने गरेका हुन् । 

 


प्रतिक्रिया