नेकपा 'पार्टी एकता'को गृहकार्यमा

काठमाडौं

    श्रावण ३, २०७६

    - पार्टी एकताको सम्पुर्ण काम आइतबार सक्ने तयारीमा रहेको नेपाल कम्युनिष्ट पार्टी नेकपा त्यसको गृहकार्यमा जुटेको छ । लामो प्रयासपछि दुई अध्यक्षबीच भएको सहमति अनुसार नेकपाले आगामी आइतबार एकताका सम्पुर्ण काम सक्ने गरी आन्तरिक गृहकार्य तीब्र पारेको हो ।

    विशेषगरी विभागको दाबेदारीमा रहेका आकांक्षीको व्यवस्थापनका विषयमा  आज शीर्ष नेताहरुबीच छलफल हुँदैछ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्प कमल दाहालबीच भएको सहमति अनुसार नै विभागको जिम्मवारी टुंग्याउने गरी छलफल अघि बढेको नेकपा श्रोतको भनाई छ ।

    आफुबाट टाढिदैं गएका बामदेव गौतमलाई संगठन विभागको जिम्मेबारी दिन ओली सकारात्मक बनेपछि पार्टीकै आन्तरिक समिकरण बद्लिएको छ । संगठन विभागमा राम बहादुर थापा र ईश्वर पोखरेलको पनि दावी छ । विदेश विभागमा माधव कुमार नेपाल, प्रचार बिभागमा नारायणकाजी श्रेष्ठ र संसदिय विभागमा सुवासचन्द्र नेङवाङ आउने निश्चित छ । पार्टीको स्कुल विभागमा पोखरेल र श्रेष्ठको दावी छ । 

    ३२ वटा विभाग रहेको नेकपाले तत्कालिन एमालेको भागमा १८ र तत्कालिन माओवादी केन्द्रको भागमा १४ वटा विभाग रहने गरी सहमति भएको थियो । संगठन , विदेश , संसदीय विभाग र राज्य व्यवस्था विभाग लगायतका १८ विभाग पूर्व एमालेको भागमा परेका छन् । त्यस्तै, प्रचार र आर्थिक विभागसहितका १४ विभाग पूर्वमाओवादीको भागमा छन् । आज दिनभरको गृहकार्यपछि सबै विभागको नेतृत्व टुंगो लगाउने र आइतबारको बैठकबाटै सार्वजनिक गर्ने तयारी नेकपाको छ ।

    प्रकाशित:श्रावण ३, २०७६

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्