घुस रकम सहित इन्जिनियर पक्राउ

रेडियो कान्तिपुर संवाददाता

श्रावण ३, २०७६ | काठमाडौं

सर्लाहीको रामनगर गाउँपालिकामा कार्यरत इन्जिनियर रामजी बाबु यादव घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले यादवलाई मलंगवा नगरपालिका १० स्थित अशोका होटलबाट ५० हजार रुपैयाँ घुस सहित पक्राउ गरेको हो ।

इन्जिनियर यादवले गाउँपालिकाको बजेटबाट विद्युत जडान गर्ने कामको प्राविधिक मूल्याङ्न सहितको कार्य सम्पन्न प्रतिवेदन तयार गरी भुक्तानी दिन सहज गराइ दिने भन्दै सेवाग्राहीबाट घुस लिएको अख्तियारले जनाएको छ । घटनाको थप अनुसन्धान भइहरेको अख्तियारले जनाएको छ । 


प्रतिक्रिया