खुकरी प्रहारबाट गोठालो गम्भीर घाईते

रेडियो कान्तिपुर संवाददाता

श्रावण ३, २०७६ | भोजपुर

खुकुरी प्रहारबाट भोजपुरमा एक जना घाइते भएका छन् । भेडा चराउन गएका षडानन्द नगरपालिका ९, किमालुङको निगालेका तेजिन्द्र बस्नेत खुकुरी प्रहारबाट घाइते भएका हुन् । भेडा चराईरहेका बेला बाटोमा हिँडिरहेका दुई युवाले गालीगलौज गर्दै खुकुरी प्रहार गरी फरार भएका थिए ।

टेम्के मैयुङ गाउँपालिका १, तिम्मामा पर्ने मैयुङ डाँडाको घोडटार भन्ने स्थानमा भेडा चराईरहेका बस्नेतमाथि खोटाङको केपिलासगढी गाउँपालिका १ का सुमन राई र सिंगराज राईले खुकरी प्रहार गरेका थिए ।

जबरजस्ती आफ्नो गोजीमा हात लगाएपछि ‘किन हात लगाएको’ भन्दा उल्टै खुकुरी झिकेर प्रहार गरेको घाइतेलाई उद्दृत गर्दै ईन्सपेक्टर पाण्डव राजवंशीले बताउनुभयो । खुट्टामा गहिरो चोट लागेका बस्नेतलाई थप उपचारका लागि धरानस्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको ईन्सपेक्टर राजवंशीले बताउनुभयो । खुकुरी प्रहार गर्ने दुबैको खोजी भईरहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया