राष्ट्रिय सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

रेडियो कान्तिपुर संवाददाता

श्रावण ३, २०७६ | काठमाडौं

प्रतिनिधि सभामा प्रदेश २ बाट प्रतिनिधित्व गर्ने तीन जना सांसदले लगातारको वर्षापछिको बाढीले पुर्‍याएको क्षतिको विषयमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रभु साह प्रस्तावक रहेको सो प्रस्तावमा कांग्रेसका अमरेश कुमार सिंह र संघीय समाजवादी फोरमका उमाशंकर अरगरिया समर्थक हुनुहुन्छ ।

नेपाली कांग्रेसका सचेतक पुष्पा भुषाल र सांसद मिनेन्द्र रिजाल तथा राजपाका राजकिशोर यादवले गत सोमबार दर्ता गराएको प्रस्तावमाथि छलफल नै नगरी संसद बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । आज फेरि सोही विषयलाई लिएर प्रदेश २ बाट प्रतिनिधित्व गर्ने तीन जना सांसदले अर्को प्रस्ताव दर्ता गराएका हुन् ।

उनीहरुले दर्ता गराएको प्रस्तावमा तत्काल पीडितका लागि अस्थायी आवासको व्यवस्था गर्नुपर्ने, आवश्यक खाद्यान्नको व्यवस्था गर्नुपर्ने, प्रभावित क्षेत्रका अवरुद्ध सडक, बिजुली, सञ्चार लगायत पूर्वाधार सञ्चालन गर्नुपर्ने, मृतकका परिवारलाई ५ लाख रुपैयाँ राहत र घाइतेको उपचार गर्नुपर्ने उल्लेख छ ।

यस्तै, दीर्घकालीन रुपमा चुरेदेखि भारतीय सीमासम्म मूख्य नदीहरुमा मजबुद बाँध निर्माण गर्नुपर्ने, नदीको बहाब क्षेक्रमाथिको जग्गा अतित्रमण रोक्नुपर्ने, नदीको प्राकृतिक बहाब नै रोकिने गरी बनाइने संरचना तथा गतिविधि रोक्नुपर्ने, नदीको गहिराई कायम राख्न चुरे क्षेत्रबाट हुने भूक्षयका गतिविधि रोक्नुपर्ने उल्लेख गरेका छन् । 


प्रतिक्रिया