चन्द नेतृत्वको नेकपाका काठमाण्डौ उपत्यका इञ्चार्ज माइला लामा पक्राउ

रेडियो कान्तिपुर संवाददाता

श्रावण ५, २०७६ | काठमाडौं

- सरकारसँग वार्ताको अनौपचारिक चर्चा चलिरहेको बेला प्रहरीले नेत्रवित्रम चन्द नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज माइला लामालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाका प्रमुख सहकुल थापाका अनुसार लामालाई गएराति १२ बजे काठमाडौंको  कोटेश्वर–काँडाघारी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।

लामामाथि केही महिनायता उपत्यकाका विभिन्न स्थानमा भएका बम विस्फोटका घटनामा संलग्न रहेको आरोप प्रहरीले लगाएको छ । प्रहरीले लामासँगै विप्लवका अर्का कार्यकर्ता रेशम तामाङलाई पनि हिरासतमा लिएको छ । केही महिनायता उपत्यकामा भएका विस्फोटमा ५ जना भन्दा बढीको मृत्यु भएको थियो । 

 


प्रतिक्रिया