ललित स्मृति फुटबलको उपाधिका लागि ब्रिगेड र पुलिस भिड्दै 

रेडियो कान्तिपुर संवाददाता

श्रावण ५, २०७६

- ललित स्मृति अण्डर १८ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज ब्रिगेड ब्वाईज क्लब र विभागीय टोली नेपाल पुलिसबीच प्रतिस्पर्धा हुदैछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा अपरान्ह ३ बजे मैदान उत्रँदा पुलिसको लक्ष्य डिफेण्डिङ च्याम्पियन ब्रिगेडलाई रोक्दै उपाधि हात पार्नु हुनेछ । पहिलो पटक फाइनलमा पुगेको पुलिस, अवसरको उचित सदुपयोग गर्दै उपाधि जित्न चाहान्छ । 

ब्रिगेड भने विभागीय टोलीको चुनौती पन्छाउँदै उपाधि रक्षाको योजनामा रहेको छ । सेमिफाइनलमा पुलिसले जावलाखेल युथ क्लबलाई तथा ब्रिगेडले मनाङ मर्स्याङदीलाई हराउदै उपाधि भेट पक्का गरेका हुन् । च्याम्पियनसीपको उपाधि बिजेताले ३ तथा उपबिजेताले १ लाख ५० हजार रुपैयाँ हात पार्नेछन् । 


प्रतिक्रिया