मेची राजमार्गको ढुंगामाटो पन्छाएपछि एकसय गाडी वारपार

श्रावण ५, २०७६ | पाँचथर

- पहिरो गएपछि अवरुद्ध मेची राजमार्गअन्तर्गत फिदिम–इलाम सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ । पाँचथरको फाल्गुनन्द ३ पांग्रेभीरमा खसेको पहिरो हटाएपछि सडक एकतर्फी सञ्चालनमा आएको हो ।

सडक खुलेसंगै ५ दिनदेखि अलपत्र परेका एकसय सवारी साधन पार भएका छन् । स्थानीय प्रशासनले सडक डिभिजन र गाउँपालिकासँगको सहकार्यमा चारवटा स्काभेटर परिचालन गर्दै आज दिउँसो अस्थायी रुपमा ढुंगा माटो पन्छाएको हो ।

निरन्तर पहिरो झरेपनि २ वटा ठुला र २ साना स्काभेटरले ढुंगामाटो सोहोर्दै फ्याकेर तत्कालका लागि इलामतर्फ रहेका ६० र पाँचथरतर्फका ४० वटा सवारी तथा ढुवानी साधनपार गराइएको प्रमूख जिल्ला अधिकारी मुरारी वस्तीले जानकारी दिनुभयो ।

पांग्रेभीरको चट्टानयुक्त पहाड नै भासिएर सडकतर्फ झरिरहेकाले नियमित सडक सञ्चालनमा आउने अवस्था भने नरहेको उहाँको भनाई छ । 

 


प्रतिक्रिया