नेपालमा १५ प्रतिशत टाउको र घाँटीका क्यान्सर रोगी

रेडियो कान्तिपुर संवाददाता

श्रावण ११, २०७६ | चितवन

– नेपालमा क्यान्सरका कुल रोगीमध्ये १५ प्रतिशत टाउको र घाँटीको क्यान्सरका बिरामीहरु हुने गरेका छन् । पछिल्लो समय यो रोग विकासोन्मुख देशहरुमा चर्को समस्याको रुपमा देखिएको छ । भरतपुरको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभागका रजिष्ट्रार डा.गम्भीर श्रेष्ठका अनुसार सन् २०१७ मा भरतपुरमा मात्रै टाउको र घाँटीका क्यान्सरका ८ सय २१ जना बिरामीको उपचार भयो । सोही अस्पतालका चिकित्सक देज गौतमका अनुसार अन्तिम अवस्थामा मात्र रोगीहरु अस्पताल आउने गरेकाले उपचारमा समस्या हुने गरेको छ ।

मस्तिष्क बाहेक टाउको र घाँटीसँग सम्बन्धित जिब्रो, नाक, गिजा, दा“त, स्वरनली लगायत १७ वटा अंगमा हुने क्यान्सर रोगीको संख्या चौथो स्थानमा छ । सन् २०१७ को तथ्यांक अनुसार भरतपुरमा मात्रै कुल क्यान्सर बिरामी पाँच हजार १ सय ७२ जना आउँदा लगभग १६ प्रतिशत बिरामी टाउको र घाँटीको क्यान्सर भएकाहरु थिए । भरतपुर र देशका अन्य अस्पतालमा समेत १५÷१६ प्रतिशतको हाराहारीमा यो क्यान्सरका विरामी आउने गर्दछन् । चिकित्सकका अनुसार खानपानका कारण टाउको र मुखका क्यान्सरका रोगी बढेका हुन् । विश्वमा टाउको र घा“टीको क्यान्सर ११ औं स्थानमा छ । नेपालमा भने चौथो स्थानमा देखिएको छ ।

पान, सुर्ती, चुरोट, गुट्खा, सुपारी खाने बानीले सबैभन्दा धेरै हानी गरेको छ । सूरुमै यो क्यान्सरको उपचार गर्न सके निको हुने डा गौतमको भनाई छ । पा“च वर्षयता जुन २७ लाई विश्वभर टाउको र घाँटीको क्यान्सर विरुद्धको सचेतना दिवसको रुपमा मनाउन थालिएको छ । 

 


प्रतिक्रिया