१४ किलो गाँजा सहित हेटौंडाबाट चार पक्राउ

श्रावण २०, २०७६ | हेटौंडा

लागू औषध गाँजा सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । मनहरी बजारबाट हेटौंडातर्फ आईरहेको ना १ ह ९७४६ नम्बरको अटोको सुरक्षा जाँच गर्ने क्रममा १४ केजी ९ सय ग्राम गाँजा सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मनहरी गाउँपालिका ८ का १९ वर्षीय अटो चालक, १९ वर्षीय जीवन मोक्तान, वीरगञ्ज महानगरपािलका १० का २४ वर्षीय राजेश पटेल  र मुन्ना अन्सारी रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो । उनीहरुले अटोको सिट मुनि सो परिमाण बराबरको गाँजा लुकाएर ल्याएका थिए ।

प्रहरीले हेटौंडा ११ थानाभर्‍याङमा अटो रोकेर चेकजाँच गर्दा गाँजा फेला परेको हो । लागू औषध कारोबारमा संलग्न एक भारतीय नागरिक चितवनबाट पक्राउ परेका छन् । गत बैशाखमा ४८ केजी ८ सय ग्राम गाँजा र भारतीय कारसहित पक्राउ परेको घटनामा संलग्न रहेका तर, फरार भएका ३४ वर्षीय भारतीय नागरिक प्रवल अग्निवेशलाई प्रहरीले चितवनबाट पक्राउ गरेको हो । अग्निवेशलाई कानूनी कारबाहीका लागि सोमबार जिल्ला प्रहरी कार्यालय हेटौंडामा ल्याएको थियो । 


प्रतिक्रिया