खत्याड गाउँपालिकाको वडा कार्यालय आगजनी 

श्रावण २०, २०७६ | मुगु

मुगुको खत्याड गाउँपालिकाको वडा नम्बर २ को वडा कार्यालयमा आगजनी भएको छ । अज्ञात ब्यक्तिले आगजनी गर्दा कार्यालय भवन पूर्ण रुपमा जलेर नष्ट भएको छ । वडा अध्यक्ष लालबहादुर मल्लको घरमै वडा कार्यालय संचालन गरिएको थियो ।

वडा कार्यालयमा गरिएको आगजनीबाट सँगैको टक्कबहादुर मल्लको आर बी स्टेशनरी र पदम बुढाको मोबाइल पसल समेत जलेर नष्ट भएको पीडित परिवारले जनाएका छन् । अज्ञात ब्यक्ति आएर वडा कार्यालय रहेको आफ्नो घरमा मट्टितेल छर्केर आगजनी गरेको वडा अध्यक्ष लालबहादुर मल्लको भनाई छ । 

आगजनी भएको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय र श्रीकोट प्रहरी चौकी बाट अनुसन्धानको निम्ति सुरक्षाकर्मी खटाइएको प्रहरी नायव उपरिक्षक राजेन्द्र बाबु रेग्मीले बताउनुभयो ।  


प्रतिक्रिया