गाईजात्रा विशेष यो बर्ष सातै प्रदेशमा

रेडियो कान्तिपुर संवाददाता

श्रावण २०, २०७६ | काठमाडौं

- विगतमा काठमाडौं केन्द्रित हुँदै आएको गाईजाक्रा विशेष कार्यत्रम यो बर्ष मुलुकका सातै वटा प्रदेशमा आयोजना हुने भएको छ । ‘सिग्नेचर प्रदेश प्रदेशमा गाईजाक्रा’ नाम दिइएको कार्यक्रम मुलुकका मुख्य शहरहरुमा आयोजना गर्न लागिएको आयोजक ब्राण्डवर्थ प्रालिले जनाएको छ । 

काठमाडौंमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ब्राण्डवर्थका कार्यकारी निर्देशक मोहन गजुरेलले प्रदेश १ को बिराटनगरबाट यही श्रावण ३१ गते शुरु हुने कार्यक्रम सिमरा, हेटौडा, बुटवल पोखरा, धनगढी लगायत शहर हुँदै काठमाडौंमा आएर समापन हुने जानकारी दिनुभयो । 

कार्यक्रममा कलाकारहरु मनोज गजुरेल, शैलेन्द्र सिंखडा, सुरेन्द्र केसी (मुला साग), रवि डंगोल, यमन श्रेष्ठ, पूर्ण थापा, शिवशंकर रिजाल (जोगिन्दर पानवाला), सुवोध गौतम, सन्ध्या बुढा (काउली बुढी), सुमन कार्की, रुविना अधिकारी लगायतको प्रस्तुती रहनेछ । 

कार्यक्रमबारे कलाकार मनोज गजुरेल भन्छन्, ‘गाईजात्रा सिङ्गो देशको पर्व हो त्यसैले यसलाई देशैभरी लैजाने प्रयास गरिएको हो । बिकृती/बिसङगती जताजता हुन्छ, हाँस्यब्यङ्गय त्यता त्यता जान्छ । हाँस्न पाउनु सबै नेपालीको अधिकार भएकाले मुलुकभर कार्यक्रम गर्न लागिएको हो ।’

त्यसैगरी चर्चित हाँस्यकवि शैलेन्द्र सिम्खडाले मुलुक संघीयतामा गइसकेको अवस्थामा संस्कृतिलाई हिमाल, पहाड र मधेशसँग जोड्न प्रत्येक प्रदेशमा कार्यक्रम गर्न लागिएको बताउनुभयो ।

 


प्रतिक्रिया