गौतम बुद्ध विमानस्थलको काम समयमै सक्न मन्त्री भट्टराईको निर्देशन

श्रावण २३, २०७६ | भैरहवा।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आगामी पुष महिनाभित्र अन्तराष्ट्रिय गौतमबुद्ध विमानस्थल निर्माणको काम पूरा हुने दाबी गर्नुभएको छ । भैरहवामा आज सो विमानस्थल निर्माणको स्थलगत निरीक्षण गर्दै मन्त्री भट्टराईले लुम्बिनीको विकास र गौतमबुद्ध विमानस्थल निर्माणको कामलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको बताउनुभयो ।

कुनै पनि बहानामा विमानस्थल निर्माणको काममा ढिलाइ हुन नहुनेमा जोड दिँदै उहाँले विमानस्थललाई आवश्यक पर्ने निर्माण सामग्री स्थानीय तहले उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । विमानस्थल आयोजनाको स्थलगत निरीक्षण गर्दै मन्त्री भट्टराईले निर्धारित समयै काम सम्पन्न गराउने तर्फ आयोजना र ठेकेदार कम्पनीलाई निर्देशन समेत दिनुभएको हो । 

सन् २०२० मा मनाउन लागिएको नेपाल भ्रमण वर्ष सुरु हुनु अगावै विमानस्थलको काम पूरा हुनुपर्ने भएकाले सोहीअनुसार काम गर्न निर्देशन दिइएको मन्त्री भट्टराईको निर्देशन थियो ।  

आज बिहान मात्र रेडियो कान्तिपुरसँग कुरा गर्दै मन्त्री भट्टराईले नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन सांस्कृतिक सम्पदाको पुर्ननिर्माणलाई बिशेष जोड दिने बताउनुभएको थियो । 


प्रतिक्रिया