त्रिशूली नदीमा बस खस्दा ५* को मृत्यु (अपडेट)

श्रावण २४, २०७६ | धादिङ

धादिङको बेनिघाट रोराङ–३, सलाङघाटबाट यात्रुबस त्रिशूली नदीमा खस्दा ७ जनाको मृत्यु भएको छ । सर्लाहीको मलङगवाबाट काठमाडौं आउँदै गरेको ना ६ ख ७४६९ नम्बरको बस बिहान साढे ३ बजे त्रिशूली नदीमा खसेको हो । मृत्यु हुने मध्ये सर्लाहीका अजय दास र विजय कुमारको मात्र सनाखत भएको छ ।

तीन जनाको घटनास्थलमै र अन्यको नदीले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ । २२ जना बेपत्ता भएका छन् । १६ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । त्रिशुली नदीमा खसेको बस बाहिर निकालिएको र वेपत्ता यात्रुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

त्रिशूली नदीमा पानीको बहाव अत्यधिक रहेकाले खोजीमा कठिनाईं भएको बताउदै धादिङका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेयले चितवनको कुरिनटारस्थित शसस्त्र प्रहरीको गोताखोर टिम परिचालन गरेर खोजी भईरहेको बताउनुभयो ।

घाईतेहरुको मलेखु स्थित सामुदायिक अस्पताल र गजुरी अस्पतालमा प्राथमिक उपचार भैरहेको प्रहरीले जनाएको छ । घाईते यात्रुका अनुसार, बसमा ४५ बढी यात्रु सवार थिए ।  

*सच्याईएको


प्रतिक्रिया