अमेरिकाले भिसा र ग्रिनकार्डमा नियन्त्रण गर्ने 

रेडियो कान्तिपुर संवाददाता

श्रावण २८, २०७६

- आप्रवासीप्रति थप कठोर बन्दै अमेरिकामा ट्रम्प प्रशासनले नयाँ नीति अघि सारेको छ । सोमबार घोषणा गरिएको सो नीतिले अमेरिकी भिसा र स्थायी बसोबास अनुमति,  ग्रिनकार्डमा नियन्त्रण गर्ने जनाइएको छ ।

 सो नीतिले अनुसार ग्रिनकार्ड र भिसाका आवेदनलाई सहजै नियन्त्रण गर्ने र अमेरिका आउने आप्रवासीको संख्यालाई कटौती गर्ने अपेक्षा गरिएको छ । पछिलो यस नीतिले न्यून आम्दानी हुनेहरुलाई अमेरिका प्रवेशमा पहिलेको तुलनामा थप अप्ठेरो अवस्था सिर्जना गर्ने विश्लेषण गरिएको छ ।

 यो नीतिले  वैध रुपमा अमेरिकामा बसोबास गर्दै आएका आप्रबासीले समेत स्थायी बसोबास अनुमतिपत्र प्राप्त गर्न समस्या निम्तने सक्ने देखिएको छ । जसका कारण त्यहाँका २२ करोड आप्रवासी प्रभावित हुने ठानिएको छ ।  


प्रतिक्रिया