इबोलाविरुद्धका २ वटा औषधीको सफल परीक्षण

बीबीसी

    श्रावण २८, २०७६

    इबोलाविरुद्धका २ वटा औषधीको प्रयोगबाट उपचारमा उल्लेख्य सफलता मिलेको वैज्ञानिकहरुले दाबी गरेका छन् । औषधीको परीक्षण सफल भएसंगै इबोलालाई अब चाँडै रोकथाम गर्न सकिनुका साथै उपचार गर्न सकिने रोगको सूचीमा अटाउने बैज्ञानिकहरुले बताए ।

    इबोलाको महामारी फैलिएको डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोका संक्रमितमा गरिएको ४ वटा औषधी परीक्षणमा २ वटा सफल भएका छन् । इबोला संक्रमणको शुरुवाती अवस्थामै ती औषधीको प्रयोग गरिए ९० प्रतिशत बढी संक्रमितलाई बचाउन सकिने अध्ययनले देखाएको छ ।

    ती औषधी अब कङ्गोका बिरामीहरुको उपचारमा प्रयोग गरिने स्वास्थ्य अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ । औषधीको परीक्षणमा सघाउ पुर्‍याएको अमेरिकी नेश्नल इन्स्टिच्यूट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिजेजले इबोलाविरुद्धको लडाईमा सुखद उपलब्धी हासिल भएको उल्लेख गरेको छ । 

    प्रकाशित:श्रावण २८, २०७६

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्