जम्मुकश्मिरका नेपालीका सम्बन्धमा दिल्लीस्थित दूतावासमा छलफल

श्रावण २९, २०७६ | नयाँ दिल्ली

भारतको दिल्लीस्थित नेपाली दुतावासले जम्मुकश्मिरमा रहेका नेपालीहरुको अवस्थाबारे  चासो राखेको छ । दिल्लीस्थित दुतावासमा राजदुत निलाम्वार आचार्य र प्रवासीहरुवीच जम्मुकस्मिरमा रहेका नेपालीहरुको अवस्थाबारे हिजो छलफल भएको थियो ।

जम्मु कस्मिरको श्रीनगरमा रहेका नेपालीहरुको अवसथा वुझन दुतावास र प्रवासीहरुको संयुक्त टोली पठाउन सुझाव आएको हाम्रा दिल्ली सहकर्मी सुरेश न्यौपानेले जनाएका छन् । 

नरेन्द्र मोदी सरकारले गत साता जम्मुकश्मिरको विशेषाअधिकार खारेजलगायतका निर्णयले भारत र पाकिस्तानबीचको सम्बन्ध तनावपूर्ण बनेका बेला त्यहाँ विभिन्न पेशाव्यवसाय गर्दै आएका करीब ८० हजारको संख्यामा रहेका नेपालीहरुको सुरक्षाका लागी गर्न सकिने उपाय बारे दुतावासले सुझाव संकलन गरेको हो । 

प्रवासी संगठनका प्रतिनिधिले जम्मुकश्मिरको तनावका कारण त्यहाँ वसोवास गरिरहेका नेपालीले भोग्नु परेका समस्याहरुका बारे जानकारी गराएका थिए । कश्मिरमा नेपालीको जीवनयापन दिनप्रतिदिन कष्टकर बन्दै गएकाले नेपाल सरकारले भारत सरकारसँगको समन्वयमा उद्धारका लागी आवश्यक पहल थाल्नु पर्ने सुझाव पनि प्रवासी नेपाली प्रतिनिधिले दिएका थिए ।

जम्मु कश्मिरमा कति नेपाली छन् भन्ने यकिन तथ्यांक समेत छैन ।

विदेशीलाई कश्मिर छोड्न भारत सरकारले तत्कालिन अवस्थामा गरेको कार्यक्रमका क्रममा भिषा विनाका नेपाली छुटेका हुन् ।  कश्मिरमा धेरैजसो मजदुरी, चौकिदारी, कुक, भरिया र ससाना व्यापारलगायतका काममा संलग्न रहेका छन् ।

 


प्रतिक्रिया