अमेरिकाले करवृद्धिको निर्णय डिसेम्वर १५ पछि मात्रै लागु गर्ने

रेडियो कान्तिपुर संवाददाता

श्रावण २९, २०७६ | काठमाडौं

अमेरिकाले चिनियाँ केही सामग्रीमा गरेको करवृद्धिको निर्णय डिसेम्वर १५ पछि मात्रै लागु गर्ने भएको छ ।  स्वास्थ्य, सुरक्षा, राष्ट्रिय सुरक्षा लगायत कारण देखाउँदै मोबाईल फोन, ल्यापटप, भिडियो कन्सोलस्, खेलौना, कम्प्युटर मोनिटर, जुत्ता तथा लत्ताकपडा लगायत सामग्रीमा तत्काल करवृद्धि नगर्ने भएको हो ।

अन्य  सामग्रीमा भने सेप्टेम्बर १ देखि नै १० प्रतिशत करवृद्धि गर्ने अमेरिकाको निर्णय छ । आगामी क्रिसमसमा उपभोक्ताहरुलाई असर नगर्ने तरिका अपनाउन केही सामग्रीको करवृद्धिको निर्णय केही ढिला मात्र लागू गरिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई छ ।

अमेरिकाले सेप्टेम्बर १ देखि लागु हुने गरि थप ३ अर्ब बराबरका चिनियाँ सामग्रीमा १० प्रतिशत कर बढाउने निर्णय यसअघि गरेको थियो । 

 


प्रतिक्रिया