अरुणखोलामा पुल भाचिंदा आवगमनमा बाधा

रेडियो कान्तिपुर संवाददाता

श्रावण २९, २०७६ | नवलपरासी

नवलपरासी अरुणखोलामा पुल भाँचिदा आवगमनमा बाधा पुगेको छ । पुलको दाहिने तर्फको फलामेवारमा ट्रक ठोक्किएका कारण पुलको पक्कि सडक संरचना केहि तल दबेको छ ।

जिल्ला ट्राफिकका सई राजेन्द्र कार्किका अनुसार बिहान ४ बजे कावासोतीबाट बुटवलतर्फ जादै गरेको ना ६ ख ४७१ नम्बरको ट्रक पुलमा ठोक्किएका कारण पुलको दाहिने तर्फको भाग केहि भासिएको छ । 

दुर्घटना लगत्तै पुगेको प्रहरीले पुर्वपश्चिम राजमार्गमा हिडेका ठुला सवारीका साधनलाई त्यँहा हिड्न दिएको छैन ।

ठुला र भारिबोकेका गाडि दौडाउदा पुल अझै बढि भासिएला भनेर आवगमनमा रोक लगाएको कार्किले जानकारी दिनुभयो । आवागमनमा  रोक लगाइएपछि महेन्द्रराजमार्ग हुदै पुर्व पश्चिम हिडेका हजारौ गाडि चोरमारा र अरुणखोलामा जाममा परेका छन् । 

लामोदुरीका बसका यात्रुलाई पैदल हिडाएर रित्तो गाडि भने संचालन हुन दिने ब्यबस्था मिलाइएको छ । मालबहाक ट्क गुड्न नदिदा पुर्वपश्चम हिडेका हजारौ मालबाहक सवारीका साधन जाममा परेका छन् । साना गाडि र मोटरसाइकल भने संचालन भैरहेको छ । 


प्रतिक्रिया