हङकङको प्रदर्शन आतंवाद उन्मुख

श्रावण ३०, २०७६ | काठमाडौं

- चीनले हङकङमा जारी स्वतन्त्रता पक्षधरहरुको प्रदर्शन आतंकवाद उन्मुख रहेको प्रतिक्रिया दिएको छ । हङकङ विमानस्थलमा ३ दिनसम्म भएको शान्तिपूर्ण प्रदर्शनपछि गत मंगलबार पुनः दोहोरो भिडन्तका घटना सार्वजनिक भएलगत्तै चीनको यस्तो प्रतिकृया आएको हो । चीनले हङकङमा जारी प्रदर्शनलाई यसअघि पनि आतंकवाद उन्मुखको संज्ञा दिएको थियो ।

चीनले बारम्बार आतंकवाद उन्मुख भनेर प्रतिक्रिया दिनुलाई अनुगमनकर्ताले बेईजिङबाट दबाव आउनसक्ने खतराका रुपमा समेत औँल्याएका छन् । यद्यपी, अहिलेको अवस्थामा सोझै चिनियाँ सेना परिचालन हुने संभावना भने न्यून रहेको उनीहरुको भनाई छ  ।

चीन र हङकङ सीमामा भएको प्रदर्शनका क्रममा चिनियाँ अर्धसैनिकले सार्वजनिक गरेको प्रतिवेदनबारे जानकार रहेको भन्दै अमेरिकाले समेत हङकङको स्वायत्ततालाई चीनले सम्मान गर्नुपर्ने प्रतिक्रिया दिएको छ । 


प्रतिक्रिया