लिग २ क्रिकेटको उद्घाटन खेलमा ओमान विजयी 

श्रावण ३०, २०७६

- भारतमा सन् २०२३ मा हुने एकदिवसीय विश्वकप क्रिकेटको छनोट अर्न्तगत लिग २ को उद्घाटन खेलमा ओमान विजयी भएको छ । स्कटल्याण्डमा गएराती सकिएको खेलमा पपुवा न्यु गीनीलाई ४ विकेटले हराउदै ओमानले लिग २ क्रिकेटमा सुखद सुरुवात गरेको हो । स्कटल्याण्डमा भएको खेलमा पीएनजीले दिएको २ सय ३० रनको लक्ष्य ओमानले ५ बल अगावै ६ विकेट गुमाएर भेट्टायो ।

सन्दिप गौडले अबिजित ६७ र फायाज बुटले ३२ रन बनाएपछि ओमान जित निकाल्न सफल बन्यो । एक्वीव ईल्यासले ४१ रनको योगदान दिए । पीएनजीका चाल्स एमिनीले २ तथा चाड सोपर, असद भाला र नोसाईन पोकाईनाले समान एक विकेट लिए । 

यसअघि पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ओभरमा ८ विकेट गुमाएर २ सय २९ रनको सामान्य योगफल तयार पारेको थियो । टोनी उराले सर्बाधिक ५४ रन बनाएको ईनिङसमा लेगा सैकाले ४१ रन जोडे । ओमानका जिस्हान मसुदले ३ तथा खावर अलीले २ विकेट लिए । 

पहिलो त्रिकोणात्मक सिरिज अन्तर्गत आज ओमानल र स्कटल्याण्डबचि प्रतिस्पर्धा हुनेछ । 

 


प्रतिक्रिया