स्पेनिस ला लिगाको नयाँ संस्करण सुरु हुँदै 

रेडियो कान्तिपुर संवाददाता

श्रावण ३१, २०७६

- स्पेनिस ला लिगा फुटबलको नयाँ सिजन आज सुरु हुँदैछ । सिजनको उद्घाटन खेलमा डिफेण्डिङ च्याम्पियन बार्सिलोना र एथ्लेटिको बिल्वाओ प्रतिस्पर्धा गर्नेछन् । विल्वाओको मैदानमा हुने प्रतिस्पर्धा नेपाली समयानुसार मध्यराती पौने १ बजे सुरु हुनेछ ।

आजको खेलमा बार्सा मुख्य स्टाईकर लियोनल मेसी बिनै मैदान उत्रनेछ । चोटका कारण मेसीले ला लिगाको उद्घाटन खेल गुमाउने भएका हुन् । बार्साका प्रशिक्षक ईर्नेष्टो भाल्भर्डेले पिडुँलामा चोट बोकेका कारण पहिलो खेलमा उनी उपलब्ध हुन नसक्ने बताएका हुन् ।

यद्यपी टोलीले पहिलो खेलबाटै सुखद सुरुवात गर्ने ईर्नेष्टोको दाबी छ । उपाधी रक्षाका लागि आफ्नो टोलीले सुरुवात देखिनै प्रयास थाल्ने प्रशिक्षकको भनाई छ ।    


प्रतिक्रिया