नेपाली क्रिकेटको प्रगतीलाई आईसीसीले सकारात्मक रुपमा लिएको छ : स्वतन्त्र कमिटि सदस्य रुईस थापा

रेडियो कान्तिपुर संवाददाता

श्रावण ३१, २०७६ | काठमाडौं

The Headliners | Journalist Prakash | 16 August 2019 | 31 Shrawan 2076

अन्तराष्ट्रिय क्रिकेट काउन्सील आईसीसीले गठन गरेको स्वतनत्र कमिटि सदस्य रुईस थापाले नेपाली क्रिकेट विवाद समाधानमा भएको प्रगतीबाट आईसीसी निक्कै सकारात्मक बनेको बताउनुभएको छ । जिल्ला र प्रदेशको निर्वाचनपछि कमिटिले केन्द्रको निर्वाचनको मिति आईसीसीलाई प्रस्ताव गरेपछि निलम्बन फुकुवाको बाटो खुलेको थापाको भनाई थियो । आफुहरुले पठाएको प्रस्तावलाई आईसीसीले निक्कै सकारात्मक रुपमा लिएको बताउदै थापाले त्यसको जिम्मा पुन कमिटिलाई नै दिएकोले असोज पहिलो सातै नेपाल क्रिकेट संघमा नयाँ नेतृत्व आउने उहाँको भनाई थियो । आगामी अक्टोबर १३ मा बस्ने आईसीसी बोर्ड बैठकबाटै निलम्बन फुकुवाको संभावना बढेको उहाँले उल्लेख गर्नुभयो ।

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 


प्रतिक्रिया