ताप्लेजुङ–११ पहिलो चरणबाटै बाहिरियो

रेडियो कान्तिपुर संवाददाता

श्रावण ३१, २०७६ | ताप्लेजुङ

पाथीभरा गोल्डकप फुटवल प्रतियोगितामा आयोजक ताप्लेजुङ–११ पहिलो चरणबाटै बाहिरिएको छ । ताप्लेजुङ सदरमुकाम फुङलिनस्थित स्थानीय भानुजन उच्च माविको मैदानमा भएको खेलमा आयोजकलाई टाइब्रेकरमा पाखा लगाउँदै मोरङको वेलवारी क्लवले अन्तिम ८ मा स्थान बनाएको हो ।

निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि निर्णय टाइब्रेकरबाट लिईएको हो । टाइब्रेकरमा विकाश शेर्पाको प्रहार बाहिरिएपछि आयोजक पहिलो चरणबाटै बाहिरिन बाध्य भएको हो । 

प्रतियोगितामा भोलि फिदिम स्पोर्टिङ क्लव पाँचथर र रेडहर्स क्लव इलामबीच प्रतिस्पर्धा हुनेछ ।  

 

 


प्रतिक्रिया